Logo

महासंघको नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, १९ औं अध्यक्षमा शेखर गोल्छा

महासंघको नयाँ कार्यसमितिले गर्याे पदभार ग्रहण, १९ औं अध्यक्षमा शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको नवनिर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आईतबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

उक्त नयाँ कार्यसमितिमा महासंघको १९ औं अध्यक्षको रुपमा शेखर गोल्छाले पदभार ग्रहण गरेका हुन् । यस्तै बरिष्ठ उपाध्यक्षको रुपमा भने चन्द्र प्रसाद ढकालले पदभार ग्रहण गरेका हुन् ।
शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा ढकाल निर्वाचित भएका थिए ।

यस्तै एशोसिएटतर्फ रामचन्द्र संघई, बस्तुगततर्फ अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । १९ औं अध्यक्षके रुपम पदभा ग्रहण गरेका शेखर गोल्छा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । महासंघको विधानअनुसार उनी यसपाली स्वतः अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL