Logo

विवादकाबीच असार ८ गतेलाई बोलाईयो महासंघ केन्द्रिय समिति बैंठक, असार भित्रै तोकिएला चुनावी मिति ?

विवादकाबीच असार ८ गतेलाई बोलाईयो महासंघ केन्द्रिय समिति बैंठक, असार भित्रै तोकिएला चुनावी मिति ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गतेका केन्द्रिय समितिको बैंठक बोलाएको छ । यहि जेठ २३ गते भएको पदाधिकारीको बैंठक अनुसार महासंघका अध्यक्ष भवानी राणाले असार ८ गतेका लागि केन्द्रिय कमिटिको बैंठक बोलाएकी हुन् ।

laxmi

अध्यक्ष राणाले यस अघि भएको स्थायी समिति बैंठकमा बाधा अड्काउ फुकाउ प्रक्रिया अन्तरगत तत्काल महासंघको निर्वाचन नगरेर यहि कार्यसमितिलाई नै लम्ब्याउने प्रस्ताव ल्याएका थिए । तर बहुतम स्थायी समिति सदस्यले उक्त बैंठक नै बहिस्कार गरेपछि जेठ २३ पदाधिकारी बैंठक बोलाएर केन्द्रिय समिति बैंठक बोलाउने निर्णय गरेका हुन् ।

अध्यक्षले राणाले असार ८ गतेका लागि महासंघको ५४ औं साधारणसभा सम्बन्धी एजेन्डा सहित बैंठक बोलाएको महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिए । महासंघका बहुमत सदस्यले असारभित्रै चुनाव गर्न माग गरेपछि अध्यक्षले राणाले असार ८ गतेका लागि साधारणसभा सम्बन्धी एजेण्डा सहित बैठक बोलाएकि हुन् ।

महासंघ अध्यक्ष सहित केही पदाधिकारीहरु चुनावी मिति सारेर अहिलेकै कार्यसमितिलाई निरन्तरता दिने पक्षमा छन् भने बहुमत सदस्यहरु तत्काल निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने पक्षमा छन् । तर अब बस्ने केन्द्रिय समिति बैंठकले असार भित्रै चुनावी मिति तोक्ने समेत उक्त सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL