Logo

५ प्रदेशबाट को को छानिए एफएनसीसीआईको केन्द्रिय सदस्यमा ?, यस्तो छ निर्वाचन परिणाम

५ प्रदेशबाट को को छानिए एफएनसीसीआईको केन्द्रिय सदस्यमा ?, यस्तो छ निर्वाचन परिणाम



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनको परिणाम सार्वजनिक भईरहेको छ । महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको मतदानमा विभिन्न प्रदेश अन्तगैत केन्द्रीय कार्यसमिति सदस्यको परिणाम सार्वजनिक भएको हो ।

laxmi

जसमध्ये प्रदेश १ बाट निर्विरोध भईसकेको छ भने बागमति प्रदेशको परिणामा आउन बाँकी छ । बाँकी प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट केन्द्रिय कार्यसमितिमा निर्वाचित भएका उम्मेदवारहरुको परिणामा भने सार्वजनिक भएको हो ।

जसमध्ये पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत प्राप्त गर्न सकेनन् । यस्तै गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरेका थिए ।

यसै गरी लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत ल्याई बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरेका हुन्

यसै गरी कर्णाली प्रदेश बाट लालिमान बुढाले ७ मत प्राप्त गर्दै निर्वाचित भएका छन भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गरे । सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कमरले ८ मत प्राप्त गरेका छने । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL