Logo

एफएनसीसीआई निर्वाचन : ढकाल प्यानलको विजयी सुरुवात

एफएनसीसीआई निर्वाचन : ढकाल प्यानलको विजयी सुरुवात



पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा विजयी भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औां साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा उनी संस्थापक सदस्यमध्येबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।

उनले आफ्ना प्रतिद्वन्द्वी चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेलाई पराजित गरेका हुन्। अधिकारीले ७ मत पाए भने चुकेले ५ मत प्राप्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका १२ जना संस्थापक सदस्य रहेका छन्।

यस्तै महासंघको चुनावअन्तर्गत प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचन लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चुनिएका छन्। उनले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL