Logo

एफएनसीसीआई निर्वाचनको मतगणना प्रज्ञा भवनमा सुरु

एफएनसीसीआई निर्वाचनको मतगणना प्रज्ञा भवनमा सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकोे मत गणना सुरु भएको छ । अहिले साँझ ६ बजेबाट निर्वाचनको मतगणना सुरु भएको हो ।

laxmi

निर्वाचनको कमलादीस्थित प्रज्ञा भवनमा मतगणना गरिदै छ। तीन वटै समुहको मतगणना सुरु भएको पौडेलको भनाइ छ। महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्ला र नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।

बस्तुगत तर्फबाट १ सय १, जिल्ला नगरबाट १०५ र एसोसिएट तर्फ ९०३ मतदाता रहेका थिए । मत गणनाको अन्तिम परिणाम आउन मध्यरात ११ बजे सम्म लाग्ने अनुमान गरिएको पौडेलको भनाइ छ ।

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्
MBL