Logo

नेप्सेले बनायो एकैदिन दुई नयाँ रेकर्ड, परिसुचक २७९३ अंक पुग्दा ११ अर्ब ३५ करोडको कारोबार

नेप्सेले बनायो एकैदिन दुई नयाँ रेकर्ड, परिसुचक २७९३ अंक पुग्दा ११ अर्ब ३५ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन दुई नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसुचक करिव २८ सय अंक नजिक पुग्दा सबैभन्दा बढी सेयर कारोबार भई नेप्सेले एकैदिन दुर्ई नयाँ रेकर्ड कायम गरेको हो ।

laxmi

नेप्सेको इतिहासमा मंगलबार सबैभन्दा बढी ११ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी मंगलबार नै नेप्से परिसुचक सबैभन्दा माथि २७९३.८९ अंकमा पुगेको छ ।

मंगलबार ३४ अंकले बढेको सेयर बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २०४ अंकले बढे्न पुगेको छ भने कोरोनाका कारण समस्याग्रस्थ बनेको होटल तथा पर्यटन समुहको परिसुचक पनि २०० अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ४.७१ अंकले मात्रै उकालो लागेको छ । तर बजारमा विकास बैंक समुहको परिसुचक भने १०० अंकले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL