Logo

एकैदिन ८८ अंकले उचालियो सेयर बजार, बैंकिङ समुहमा लगानीकर्ता झुम्मिदा सवा ६ अर्बको कारोबार

एकैदिन ८८ अंकले उचालियो सेयर बजार, बैंकिङ समुहमा लगानीकर्ता झुम्मिदा सवा ६ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ८८ अंकले बढेको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको परिसुचक बन्द हुँदा २१७५ अंकमा पुगेर अडिएको छ ।

laxmi

आईतबार बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५५० अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक २६८ अंकले उकालो लागेको छ । यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक समेत २६४ अंकले उकालो लागेको छ ।

तर लामो समयदेखि सामान्य रुपमा मात्रै घटबढ भइरहेको बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचकमा सकारात्मक प्रभाव परेको छ । लगानीकर्ताहरु बैंकको सेयरमा झुम्मिमा सो समुहको परिसुचक ७१ अंकले बढ्नुका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएको छ ।

यसैगरी बजारमा व्यापार समुहको परिसुचक २२१ अंकले उकालो लाग्दा विकास बैंक समुहको परिसुचक ४६ अंकले बढ्न पुगेको छ । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कसिशन घटाएसँगै लगानीकर्ताहरुको मनोवल बढ्न पुगेको छ । जस अनुसार दिनभर कुल ६ अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१२ कम्पनीको १ करोड ४० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL