Logo

भारतीय विदेश सचिव बिहीबार काठमाडौं आउँदै, ओझेलमा परेका आर्थिक मुद्दामा होला छलफल ?

भारतीय विदेश सचिव बिहीबार काठमाडौं आउँदै, ओझेलमा परेका आर्थिक मुद्दामा होला छलफल ?



काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले मंसिर ११ र १२ गते ९नोभेम्बर २६ र २७० नेपालको दुई दिने भ्रमणका लागि काठमाडौँ आउने भएका छन् ।

laxmi

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विदेश सचिव श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो । श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको पहिलो दिन विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् भने सोहि दिन दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथामसम्बन्धि सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीचका आर्थिक मुद्धाहरुमा भने छलफल हुने सम्भावना नहरहेको जानकार बताउँछन् । भारतीय सहयोगमा सञ्चालनमा रहेका ठूला परियोजनामा भारतकै आफ्नो चासो रहेपनि भारत नेपालबीचको सम्झौताका परियोजनामा भने भारतीय व्यवहारका कारण नेपालले घाटा व्यहोर्दै आएको छ ।

नेपाल र भारतबीचका विभिन्न आर्थिक सम्झौतामा नेपाल तल पर्दै आएको छ । नेपालले भारतसँग नेपाल र बंगालदेश व्यापारका लागि सहज मार्ग, समुद्री मार्गसम्म सहज पहुँच, निर्यातमा अवरोध अन्त्य, पञ्चेश्वर परियोजना, विद्युत व्यापार, भन्सार, भारतीय सहयोगमा बन्ने भनिएका रेलमार्गलगायतका विषयमा भारतीय पक्षले गरेको ढिलाईप्रति दह्रो ढंगले आफ्नो पक्ष राख्न नसकेको अवस्था छ ।

नेपाल र भारतको सम्झौता अनुरुप महाकाली नदीमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि चर्चामा मात्र सीमित हुँदै आएको छ । चर्चामात्र भएको र भारतीय पक्षको वेवास्ताका करण काम सुरु हुनै नसकेको यो आयोजनाबाट नेपालले प्राप्त गर्ने लाभ गुमिरहेको छ ।

करिब ६४ वर्षअघि देखि चर्चामा रहेको आयोजनाको काम नेपाल–भारतबीच पानी बाँडफाँटका विषयमा कुरा नमिल्दा अझै अन्योल बढ्दै गएको बताउने गरिएको छ । यद्यपि, आयोजनाको काम अघि बढाउन आलटाल गर्दै आएको भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने भनिएको ३५० क्युसेक पानी पनि दिन आलटाल तथा अनेक बहानाबाजी गरिरहेको पाइएको छ । यस्ता मुद्दामा नेपालको पहल सधैं कमजोर रहँदै आएको छ । जसका कारण भारतले एकतर्फी लाभ लिइरहेको छ भने नेपाली स्थानीयहरु भने पीडामा रहँदै आएका छन् ।

नेपालको सत्तामा रहने नेतृत्व र कर्मचारीतन्त्रमा रहेको भारतसँगको ठूल्दाई भनेर डराउने प्रवृत्तिका कारण भारतले जे भन्यो त्यही मान्ने प्रवृत्तिका कारण नेपाल–भारतबीचका आर्थिक मुद्दामा भारत सधैं माथि रहँदै आएको आर्थिक विशलेषहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL