Logo

सरकारी जागिरमा ठूलो अवसर, लोकसेवाले माग्यो विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन

सरकारी जागिरमा ठूलो अवसर, लोकसेवाले माग्यो विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन



काठमाडौं । सरकारी जागिरमा रुचि रहनेहरुका लागि ठूलो अवसर खुलेको छ । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ ।

laxmi

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL