Logo

महामारीले ग्रस्त विश्व अर्थतन्त्रका लागि चीनका दुई समाधान सुत्र : परस्पर हितकारी सहयोग र खुल्ला विश्व

महामारीले ग्रस्त विश्व अर्थतन्त्रका लागि चीनका दुई समाधान सुत्र : परस्पर हितकारी सहयोग र खुल्ला विश्व



काठमाडौं । विश्वभर कोरोना भाईरस (कोभिड–१९) को कहर छ । धेरै देशका करोडौं मानिसलाई कोरोना संक्रमण भएका कारण आर्थिक क्रियाकलापहरु ठप्प प्राय भएका छन् । धेरै देशहरुले यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै कडा प्रतिवन्ध लगाएका कारण पनि अर्थतन्त्रका विभिन्न स्रोतहरु शुन्यप्राय भएका छन् ।

laxmi

यसरी थिलथिलो भएको विश्व अर्थतन्त्रलाई पार लगाउन चीनले दुई सुत्र अघि सारेको छ । महामारीले ग्रस्त विश्व अर्थतन्त्र सुदृढ बनाउन विभिन्न देशहरुसँग पारस्पारिक सम्बन्ध र खुलारुप सिद्धान्तबाट मात्रै सकिने चिनियाँ राष्ट्रपति सि जिनपिङ बताउँछन् ।

बिहीबार तेस्रो चाईना अन्तरराष्ट्रिय आयात एक्स्पो (सीआईआईई)को भिडियो कन्फ्रेन्समार्फत शुभारम्भमा बोल्दै उनले पारस्पारिक सम्बन्धलाई बढाएर अघि बढ्नाले विश्व अर्थतन्त्रलाई सही बाटोमा ल्याउने सकिने बताएका हुन् ।

उनले भिडियो कन्फ्रेन्समा बोल्दै विश्वमा ठुलो महाविपत्ति आईपरे कुनै देशले पनि त्यसको प्रतिरक्षा गर्न नसक्ने भन्दै सोहीअनुसार सबैजना परस्पर भएर अघि बढ्नुपर्ने बताऐ । ‘अब विश्वमा आईपरेको कुनैपनि ठुलो संकट हामी सबै देशको साझा संकट हो,’ उनले भने, ‘यसको समाधान र निर्मुल पार्नका लागि हामी सबै एकजुट भएर साथित्वको भावनामा अघि बढ्नुपर्छ ।’ उनले अब कुनै एक देशलाई फाईदा हुने काम मात्रै नगरी सम्पुर्ण विश्वलाई नै लाभ हुनेगरी अघि बढ्नुपर्ने बताए ।

सन २०१८ देखि सुरु गरिएको सीआईआईई एक्स्पोले पनि विश्वको परस्परतालाई दर्शाएको उनको भनाई थियो । विश्व अर्थतन्त्रका विभिन्न आयाममा सहयोग पुग्नेगरी सुरु गरिएको उक्त एक्स्पोको रौनक बढ्दो छ ।

यस्तै उनले उक्त कार्यक्रममा खुला विश्व अर्थतन्त्र अबको आर्थिक क्रान्तिको मुल बाटो भएको समेत उल्लेख गरेका छन् । विभिन्न देशहरुले व्यापार र व्यवसायमा खुलामुखी सिद्धान्त प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । जसका कारण विश्व बजारमा अवसरहरु सिर्जना भई विश्व अर्थतन्त्रलाई धेरैभन्दा धेरै योगदान पुग्ने उनको भनाई छ ।

विभिन्न तथ्यांकअनुसार चीनले चाँडोभन्दा चाँडो कोरोना भाईरसबाट मुक्ति पाएको छ । जसको असर चीनको अर्थतन्त्रमा समेत परेको छ । यो बर्षको तेस्रो त्रैमासमा चीनको अर्थतन्त्र शुन्य दशमलव ७ प्रतिशतले उकालो लागिसकेको बताईएको छ । विश्व कोरोना कहरका बीच रहेका बेला चीनले भने आयात र निर्यात व्यापार पनि पोहोर सालको तुलनामा बढाएको छ । सिजिटिएन डटकमबाट

प्रतिक्रिया दिनुहोस्
MBL