Logo

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची आयोजनालाई सकेसम्म छिटो निर्माण गर्नका लागि अर्थमन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने बताएका हुन् ।
उनले उक्त आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिनेसमेत बताएका छन् ।

laxmi

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी दिएकी छन् ।

आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL