Logo

आईतबार थपिए १३२५ जना कोरोना संक्रमित, ४६ हजार कोरोना संक्रमित डिस्चार्ज

आईतबार थपिए १३२५ जना कोरोना संक्रमित, ४६ हजार कोरोना संक्रमित डिस्चार्ज



काठमाडौं । आईतबार १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आएको पीसीआर रिपोर्ट अनुसार उक्त १ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल ९ हजार ५ सय जनाको पीसीआर परीक्षण गरिएकोमा उक्त सख्यामा कोरोना संक्रमण भेटिएको हो । यसैगरी सो अबधिमा ९ सय ६६ जना कोरोना सक्रमण मुक्त भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ४६ हजार २३३ जना कोरोना संक्रमित उक्त रोगबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ७२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL