Logo

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पताल भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो । मृतक महिलाको ठेगाना इलामको सूर्याेदय नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिए ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This