Logo

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट

नेपाल बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट



काठमाडौं । नेपाल बैंक र मकवानपुरस्थित रिसोर्ट ओम अध्याय रिट्रिटबीच सम्झौता भएको छ ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०२ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This