Logo

आजै थपिए १४ सय ५९ जना कोरोना संक्रमित, ११ संक्रमितको मृत्यु

आजै थपिए १४ सय ५९ जना कोरोना संक्रमित, ११ संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This