Logo

सोमबारदेखि पेट्रोल वितरण गर्दै निगम, हेर्नुहोस कसलाई कति ?

सोमबारदेखि पेट्रोल वितरण गर्दै निगम, हेर्नुहोस कसलाई कति ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० असोज, काठमाडौं । नेपाल आयाल निगमले सोमबारबाट पेट्रोल तथा डिजेल वितरण गर्ने भएको छ । पेट्रोलियम पदार्थ खपत कम गर्न मोटरसाइकलाई हप्ताको ३ लिटर र कार तथा जीपलाई १० लिटर मात्र पेट्रोल दिने भएको छ । मोटरसाइकल तथा कारलाई ब्लुबुकमा छाप लगाएर मात्र पेट्रोल दिन लागिएको नेपाल आयाल निगमका प्रवक्ता दिपक बरालले बताए । ‘निगमसँग पेट्रोल कम भएको र वितरण प्रणालीलाई सहज बनाउनका लागि सो व्यवस्था गएिको हो,’ उनले भने, ‘सरकारी तथा निजी कारलाई भने हप्ताको १० लिटर दिइने छ ।’

बरालका अनुसार सार्वजनिक सवारीसाधनलाई भने जोर/बिजोर नम्बर प्रणाली लागू गरिएको छ । सो व्यवसस्था अनुसार १० लिटरदेखि ३० लिटरसम्म दिइने भएको छ । निगमले ट्याक्सीलाई पालोअनुसार १ दिन विराएर १० लिटर दिने भएको छ भने माइक्रोबसलाई १५ लिटर दिइने छ । यसैगरी, मिनिवसलाई २० लिटर दिइने भएको छ भने ठूला वसलाई ३० लिटर दिइने वरालले जानकारी दिए । भाडाका सवारी साधनले भने तल भर्दा ब्लुबुक देखाउन पर्नेछैन ।

त्यसैगरी, निगमले उपत्यकाका सिमित स्थानबाट मात्र पेट्रोल तथा डिजेल वितरण गर्ने भएको छ । तर, कुन–कुन पम्पबाट वितरण गर्ने भन्ने विषयमा अझै टुङ्गो नलागेको बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्