Logo

नेपाल एयरलाईन्सका कर्मचारीलाइ कोरोना देखिएपछि होटल सोल्टी सिल

नेपाल एयरलाईन्सका कर्मचारीलाइ कोरोना देखिएपछि होटल सोल्टी सिल



काठमाडौं । नेपाल एयरलाइन्सका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि होटल सोल्टीलाई सिल गरिएको छ । सोल्टी होटलमै बसिरहेका एयरलाईन्सका कर्मचारीलाई कोरोना देखिएपछि होटल सिल गरिएको हो । तीन पाइलटसहित नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा सोमबार पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यसमध्ये ७ जनामा क्रस भेरिफिकेसन समेत भई पुष्टि भइसकेको छ । अन्य ७ जनाको पहिलो पिसीआर टेस्ट पोजेटिभ आएपछि भेरिफिकेसनका लागि पठाइएको छ । नेपालीको उद्धार उडान प्रारम्भ भएपछि नेपाल एयरलाइन्सले सोल्टीलाई क्वारेन्टिन होटेलका रुपमा प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL