Logo

बिदेशी बुहारीप्रति नरम बन्दै कांग्रेसले गर्यो ७ वर्षे प्रस्तावविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय

बिदेशी बुहारीप्रति नरम बन्दै कांग्रेसले गर्यो ७ वर्षे प्रस्तावविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्ताव अस्वीकार गरेको छ । कांग्रेसले नेकपाको उक्त प्रस्तावित प्रावधानलाई असंवैधानिकको संज्ञा दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले नेकपाको उक्त निर्णयविरुद्ध सांसदहरुलाई ‘नोट अफ डिसेन्ट’ लेख्न निर्देशन दिएको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिकाअनुसार नेकपाले जे निर्णय गर्छ त्यो स्वीकार गर्दै जानुपर्ने कुनै कारण नभएको बताएको छ ।

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयक पारित गर्ने गरी प्रस्ताव आए ‘नोट अफ डिसेन्ट’ लेख्न कांग्रेस सांसदलाई निर्देशन दिएको हो ।

‘नेकपाले जे निर्णय गरेको छ, त्योअनुसार विधेयक पारित गर्न खोज्ने हो भने त्यसमा हामी असहमति जनाउँछौं,’ उपसभापति निधिले भने, ‘हाम्रो भनाइ नागरिकता ऐन २०६३ लाई निरन्तरता दिनुपर्छ भन्ने हो त्यसैले अस्वीकार गर्दै नोट अफ डिसेन्ट लेख्छौं ।’

आइतबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने समिति बैठकमा नागरिकता विधेयकबारे छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL