Logo

भारतले गर्यो नयाँ नक्साको विरोध, नेपालसँग वार्तामा पनि नवस्ने चेतावनी

भारतले गर्यो नयाँ नक्साको विरोध, नेपालसँग वार्तामा पनि नवस्ने चेतावनी



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा नयाँ नक्सा पारित भएसँगै भारतले त्यसको विरोध जनाएको छ । आज सर्वसम्म रुपमा निशान छाप परिर्वतन गर्न संविधान संशोधन प्रस्ताव पारित भएपछि भारतले आफ्नो प्रतिक्रिया दिँदै विना तथ्य समेटिएको भन्दै आपत्ती जानएको छ ।

laxmi

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालको संविधान संशोधन भएको विषय आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

‘यस विषयमा भारतले आफ्नो पक्ष यस अघिनै स्पष्ट गरिसकेको बताउदै प्रवक्ता श्रीवास्तवले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ,’ वक्तव्यमा उल्लेख छ ।

साथै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको समेत भारतले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL