Logo

लकडाउनमा लचकता : शुक्रबारदेखि पैदल आवागमन खुला,रेष्टुराँ पनि खुल्ने

लकडाउनमा लचकता : शुक्रबारदेखि पैदल आवागमन खुला,रेष्टुराँ पनि खुल्ने



काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी पैदल आवागमनलाई खुला गरेको छ । भौतिक दुरी कायम गर्दै पैदल आवागमनलाई खुला गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

laxmi

बुधबार बसेको मन्त्रिपरिषदको बैठककका निर्णयहरु सुनाउँदै उनले पैदल आवागमनलाई खुला गरिएको बताएका हुन । यस्तै उनले रेष्टुरेन्ट पनि प्याकिंग खाना लिन पाउने गरी खुला गरिएको बताए । रेष्टुरेन्टमा ग्राहकले भिडभाड गरेर त्यही बसेर खान भने पाउने छैनन ।

लकडाउनलाई खुकुलो गर्दै सरकारले उद्योग, व्यवसाय, व्यापार तथा डिपार्टमेन्ट स्टोरहरुलाई पनि खुला गर्ने निर्णय गरेको छ । तर सपिंग सेन्टरहरु भने अझै नखुल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL