Logo

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको आजको विनिमय दर

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको आजको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको भाउ ५० पैसाले बढेको छ । आज एक अमेरिकी डललको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । यसअघि बिहीबार अमेरिकी डलरको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसामा कायम भएको थियो ।

आज यूरोपियन युरो एकको खरिदमूल्य १६६ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १६७ रुपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने १०२ रुपैयाँ ३१ पैसा र बिक्रीमा १०२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रुपैयाँ ५९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ८० पैसा तथा बिक्री दर १९ रुपैयाँ ८९ पैसा कायम गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्