काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढ्दै २ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।