Logo

किन बढ्दै छ आत्महत्याका घटना ?, लकडाउनकै समयमा ७१९ ले गरे आत्महत्या

किन बढ्दै छ आत्महत्याका घटना ?, लकडाउनकै समयमा ७१९ ले गरे आत्महत्या



काठमाडौं । देशमा कोरोना पछिको लकडाउन सुरु भएसँगै आत्महत्या गर्ने क्रम बढेको छ । नेपाल प्रहरीका अनुसार यस अघिका तुलनामा लकडाउन पश्चात आत्महत्या गर्ने बढेको हो ।

देशमा लकडाउन सुरु (चैत ११ गते) भए पश्चात ७ सय १९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक निरज बहादूर शाहीले जानकारी दिए । ‘लकडाउन सुरु भएसँगै अन्य घटनाबाट मृत्युहुने क्रम घटेको छ तर हात्महत्या गर्ने क्रम भने बढेको छ,’ उनले भने ।

लकडाउन जारी भएपश्चात कतिपयले खानै नपाएर आत्महत्या गरेको घटना बारिह आएको छ भने कतिपयले आर्थिक व्यवहार विग्रीएर पनि आत्महत्या गरेको जानकारीहरु आएका छन् । लकडाउन कारण दैनिक ज्यालादारी श्रमिकहरु काम विहीन भएर खानै नपाउने अवस्थामा पुगेका छन् भने बैंकबाट कर्जा लिएर उद्यम गर्ने उद्योगी व्यवसायीहरु कर्जाको किस्ता र ब्याजको मारमा परेको सम्बद्ध व्यवसायीहरुले नै बताउँदै आएका छन् । विशेषगरी लकडाउनका कारण लघु तथा घरेलु उद्योग संचालन गर्ने उद्योगी व्यवसायीहरु सबैभन्दा बढी मागरमा परेका छन्

सोमबार मात्रै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पत्रकार सम्मेलनमार्फत सरकारले तत्काल राहतका कार्यक्रम नल्याउने हो भने उद्योगी व्यवसायीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुग्ने बताएकी थिईन् । ‘अहिले निजी क्षेत्र गर या मरको अवस्थामा छन्,’ उनले भनिन्, ‘लकडाउन बढ्दै जाने र निजी क्षेत्रका लागि सरकारले राहतका कार्यक्रम नल्याउने हो भने थप पिडादायी अवस्था आउने छ जुन हामीले सोच्न पनि सकिने छैन ।’

प्रहरीका अनुसार हालसम्म सबैभन्दा बढी पुरुषले आत्महत्या गरेका छन् । लकडाउनको अबधिमा ३६० जना पुरुषले आत्महत्या गरेका छन् भने सोही अबधिमा विभिन्न कारणले २५७ जना महिलाले आत्महत्या गरेका छन् । यसैगरी जना बालक र ७३ जना बालिककाले आत्मत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

सो अबधिमा सबैभन्दा बढी झुण्डिए ६१४ जनाले आत्महत्या गरेका छन् । यसैगरी विष सेवन गरी ९३ जना, हाम्फालेर ४, हातहतियार प्रयोग गरी ३ र आगो लगाए १ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भौगोलिक आधारमा तुलना गर्ने हो भने प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १६६ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसैगरी करिव २ महिनाको अबधिमा प्रदेश नम्बर १ मा १३४ जना, बागमती प्रदेशमा ९५, सुदूर पश्चिममा ८२, प्रदेश २ मा ७८, गण्डकी प्रदेशमा ७९, कर्णाली प्रदेशमा ४० र उपत्यकामा ३६ जनाले आत्महत्या गरेका छन् ।

साथै पछिल्लो समय आत्महत्या गर्ने क्रम बढेसँगै सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL