Logo

अर्थमन्त्रालयमा कोरोनाको असरबारे छलफल हुने, उद्योगी-व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने

अर्थमन्त्रालयमा कोरोनाको असरबारे छलफल हुने, उद्योगी-व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा व्यापक भएको कोभिड–१९ (कोरोना) भाईरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत देखा परेको छ ।

विशेष गरि पछिल्लो समय धेरै राष्ट्रहरुले हवाई सेवा ठप्प पारेपछि नेपाली पर्यटन तथा उडड्यनको क्षेत्रमा गम्भीर असर देखिन थालेको छ भने आयात निर्यातसमेत ठप्पको अवस्थामा पुगेको छ ।

अर्थतन्त्रमा कोरोनाको कहर बढ्दै जाँदा अहिले उद्योगी–व्यवसायीहरुमा पनि चिन्ता बढन थालेको छ । यस्तोमा उद्योगी–व्यवसायीहरुले सरकारलाई कोरोनाको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै ठोस कदम चाल्न आग्रह गरिरहेकोमा सरकारले आइतबार उउद्योगी–व्यवसायीहरुसँग छलफल गर्ने भएको छ ।

अर्थमन्त्रालयले आइतबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतलाई अर्थमन्त्रीसहित हुने छलफलमा डाकेको हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले अर्थमन्त्रालयमा ३ बजे छलफलका लागि डाकिएको बताउँदै उद्योग तथा व्यवसायका क्षेत्रमा अहिले कोरोना भाइरसका कारण परेको प्रभावबारे परिसंघले आफ्नो धारणा राख्ने बताए ।

मोरले अहिले स्थिति गम्भीर नभइसकेपनि संसार नै प्रभावित भएको यो महामारीबाट नेपाल सरकारले उद्योग–व्यवसायमा संकट आउन नदिन तत्काल आवश्यक कदमहरु चाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL