काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार गर्न १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित समिति, काउन्सिल तथा फोरमका सभापति र उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।
नवगठित समिति, काउन्सिल र फोरमहरूमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद्, रोजगारदाता परिषद्, उर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीइओज् फोरम, महिला नेतृत्व फोरम, र स्टार्टअप तथा युवा उद्यमी मञ्च रहेका छन् ।
कार्यक्रममा अध्यक्ष पाण्डेले समितिहरूले सरकार र नियामक निकायहरूलाई स्पष्ट नीतिगत सुझाव दिने, उद्यमशीलताको प्रवर्द्धन गर्ने र मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले आगामी दुई वर्षसम्म परिसंघले यी समितिहरूको सहकार्यमा प्रभावकारी ढंगले काम गर्ने जानकारी दिए ।
नियुक्त भएका सभापति तथा उपसभापति यस प्रकार छन् :
उद्योग समिति सभापति – राहुल अग्रवाल, उपसभापति – गुरु अधिकारी
राजश्व समिति सभापति – गोपाल अग्रवाल, उपसभापति – दीपक कुमार अग्रवाल, शेषमणी दहाल
कृषि तथा म्याप समिति सभापति – हितेश गोल्छा
मेक इन नेपाल स्वदेशी समिति सभापति – प्राशी अग्रवाल, उपसभापति – विदूषी राणा
ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापति – चन्द्र चण्डन, उपसभापति – वर्ण न्यौपाने
पूर्वाधार समिति सभापति – रामकृष्ण खतिवडा, उपसभापति – बसन्त चन्द
बैंकिङ तथा फाइनान्स समिति सभापति – वरुण कुमार तोदी
पर्यटन समिति सभापति – पम्फा धमला, उपसभापति – अशोक पोखरेल, रोमी अर्याल
प्रदेश तथा जिल्ला समन्वय समिति सभापति – लेखराज पोखरेल, उपसभापति – पवन कुमार शारडा
सदस्यता समिति सभापति – गौरव शारडा
उत्पत्तिको प्रमाणपत्र समितिस् सभापति – आकाश गोल्छा
शिक्षा तथा सीप समिति सभापति – आशिष जजोडिया, उपसभापति – यश अग्रवाल
स्वास्थ्य समिति सभापति – मनिष खेम्का, उपसभापति – आशिष अग्रवाल
रोजगारदाता परिषद् सभापति – ध्रुव रिजाल
उर्जा विकास परिषद् सभापति – आशिष गर्ग, उपसभापति – सञ्जीव न्यौपाने
सूचना प्रविधि परिषद् सभापति – सञ्जय गोल्छा
सीइओज् फोरम सभापति – हरकिरत सिंह बेदी
महिला नेतृत्व फोरम सभापति – विदूषी राणा, उपसभापति – आश्रयता कार्की
स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापति – अनुराग गोयल, उपसभापति – आशिष अग्रवाल
कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ता, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, प्राशी अग्रवाल, विदूषी राणा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो ।