Logo

रेमिट्यान्सले देश चल्न सक्दैन, उद्योग-व्यवसायको विकासमा जोड दिनुहोस : राज्यमन्त्री दुगड

रेमिट्यान्सले देश चल्न सक्दैन, उद्योग-व्यवसायको विकासमा जोड दिनुहोस : राज्यमन्त्री दुगड



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रेमिट्यान्सले देश चल्न नसक्ने भन्दै उद्योग व्यवसायको विकासमा जोड दिएका छन् ।

laxmi

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सिर्जना गर्न सकेमात्रै देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सक्ने बताए ।

मुलुकमा सञ्चालित साना, मझौला र ठूला उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै मन्त्री दुगडले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताए । उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउँदै उनले भने – ‘उद्यमी व्यवसायीहरु जबसम्म समृद्ध हुन सक्दैनन्, जबसम्म उनीहरु सुखी हुँदैनन, जब उनीहरुलाई आफ्नो काम प्रति सन्तोष हुँदैन तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुनप¥यो अनिमात्रै देश समृद्ध हुन्छ ।’

त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको भन्दै उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे । साना, मझौला र ठूला उद्योग व्यवसायमा महिलालाई पनि समेट्दै लैजानुपर्ने सुझाव दिंदै मन्त्री दुगडले भने – ‘उद्योग व्यवसायमा पुरुषको तुलनामा महिला झनै शक्तिशाली हुन्छन् । हाम्रो समाज पुरुष पधान समाज छ जहाँ पनि पुरुषले मौका र अवसर पाउँछन् तर यस्तो मौका र अवसर महिलाले पाए भने झनै धेरै गरेर देखाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL