Logo

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित: अब फेसबुक, ट्विटर नेपालमै दर्ता हुनुपर्ने

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित: अब फेसबुक, ट्विटर नेपालमै दर्ता हुनुपर्ने



काठमाडौं । विवदास्पद सूचना प्रविधिसम्बन्धी विधेयक पारित भएको छ । आईतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतले उक्त विधेयक पारित गरेको हो । उक्त विधेयकमा सामाजिक संजाल फेसबुक, ट्विटर लगायत नेपालमै दर्ता हुनुपर्ने व्यवस्था रहेको छ ।

यस्तै विधेयकमा सामाजिक संजालमार्फत कुनै व्यक्तिलाई निरन्तर, जिस्क्याउने, झुक्याउने, होच्याउने लगायतका कार्य गरेका ५ बर्षसम्मको जेल या १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । प्रतिनिधिसभामा उक्त विधेयकका विपक्षमा ४ जना र पक्षमा ११ जना रहेका कारण विधेयक बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद समितिले विधेयक पारित गरेको हो । समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको हो ।

कांग्रेसका सांसद बहादुर सिंह लामाले सामाजिक सञ्जालमा कुनै व्यक्ति वा विषयमा आलोचनात्मक टिप्पणी गर्दा कडा कारवाही गर्ने व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामा हनन गर्ने भएकाले बहुमतका आधारमा पारित नगर्न आग्रह गरे ।

विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ र कांग्रेसले त्यसको विरोध गरेको छ । कांग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL