Logo

संविधान दिवसको अवसरमा चितवन मेडिकल कलेजमा निशुल्क बहिरंग सेवा

संविधान दिवसको अवसरमा चितवन मेडिकल कलेजमा निशुल्क बहिरंग सेवा



काठमाडौं । चितवन कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालले बरिरंग (ओपिडी) सेवा निशुल्क गरेको छ । अस्पतालले संविधान दिवसको अवसर पारेर आज टिकट निःशुल्क गरेको हो ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL