Logo

पुनर्निर्माणमा विज्ञहरुको संलग्नता आवश्यक, तत्काल निर्माण कार्य सुरु गर्नु हानिकारक

पुनर्निर्माणमा विज्ञहरुको संलग्नता आवश्यक, तत्काल निर्माण कार्य सुरु गर्नु हानिकारक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले संकट पछि पुनर्निर्माण गर्ने अवसरको साथै चुनौति पूर्ण कार्य भएकोले यस कार्यमा विज्ञका साथै वहुपक्षिय संलग्नता हुनुपर्ने बताएका छन् । पुनर्निर्माणका लागि अनुभव आवश्यक पर्ने हुँदा सो कार्यका लागि विभिन्न पक्षसँग सल्लाह गरी समन्वय गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघ र मियामोटो विश्व संकट उद्धारले गरेको ‘नेपाल पुनर्निर्माण विश्व अनुभव’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

cni-digaster
cni-digaster

सो अवसरमा उनले आर्थिक औद्योगिक व्यापारिक क्षेत्रलाई चलायमान बनाउनुनै आजको पहिलो आवश्यकता भएको बताए । सो कार्यका लागि परिसंघले पुनर्निर्माण को साथै नीतिगत तहमा गरिनु पर्ने खास खास सुधारका विषयमा सरकारमा ठोस सुझाव पेश गरेकोले यस विषयमा सरकारबाट आवश्यक ध्यान दिईनु पर्ने बताए ।

कार्यक्रममा भूकम्प विज्ञ मियामोटो फाउन्डेशनका प्रमुख एवं भूकम्प डा. एच.किट मियामोटोले नेपालको हालको पुनर्निर्माणको अवस्था संकटपूर्ण भएकोले यस अवस्थामा कुनै पनि निमार्ण कार्य गर्नु नहुने बताए । उनले आफ्नो प्रस्तुतिमा हाईटी र न्यूजिल्याण्डमा गएको भूकम्प पछिको पुनः निमार्णमा आफ्नो अनुभव वताउदै यस कार्यमा सवै पक्षको उचित सर सल्लाह र रणनीतिको माध्यमबाट सो स्थानमा विकास भएको बताए ।

सो छलफल कार्यक्रममा परिसंघका विरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुका साथै वरिष्ठ उद्योगी व्यवसायी, निमार्ण व्यवसायीहरु, इन्जीनियरहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL