Logo

डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घट्यो, हवाई इन्धनको मूल्य यथावत

डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घट्यो, हवाई इन्धनको मूल्य यथावत



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ वजे पछि लागु हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।

निगमका अनुसार मूल्य घटेपछि १ लिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरीकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल, डिजेल र मटितेल मूल्य घटाएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL