Logo

राष्ट्रिय अपाङ्ग महासंघद्धारा चन्द्रागिरि हिल्स सम्मानित, इनोभेटिभ अवार्डबाट सम्मान

राष्ट्रिय अपाङ्ग महासंघद्धारा चन्द्रागिरि हिल्स सम्मानित, इनोभेटिभ अवार्डबाट सम्मान



काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चन्द्रागिरि हिल्सलाई इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।

आईतबार काठमाडौंमा एक कार्यक्रम गर्दै महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई सो सम्मान प्रदान गरेको हो ।

पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरूमा अपाङ्गता, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको भन्दै सो अवार्ड प्रदान गरेको हो ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलो पटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लगायत अन्य ३ संस्था सम्मानित भएका छन ।कार्यक्रममा बोल्दै मन्त्री थापाले अपाङग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको बताएकी छिन ।

महाप्रवन्धक शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङगमैत्री संरचना निर्माण गरिएको जानकारी दिएका छन ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL