Logo

रसुवागढीको पुलमा क्षती पुगेपछि नेपाल–चीन आवतजावत बन्द, दैनिक १ करोडको राजश्व घाटा

रसुवागढीको पुलमा क्षती पुगेपछि नेपाल–चीन आवतजावत बन्द, दैनिक १ करोडको राजश्व घाटा


रासस
0
Shares

काठमाडौं । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए ।

सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक १ करोड रुपैयाँको घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी ५ दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताउनुभयो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL