Logo

युनाइटेड ब्रुअरीजको वियर नेपाली बजारमा, बजार मूल्य १८० देखी २७५ सम्म

युनाइटेड ब्रुअरीजको वियर नेपाली बजारमा, बजार मूल्य १८० देखी २७५ सम्म



काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङगफिसर प्रिमियम तथा किङगफिसर स्ट्रङग वियर बजारमा ल्याएको छ ।

ब्रुअरीजले शुक्रबार देखी बजारमा ल्याएको उक्त वियर गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिका अनुसार ‘गुड टाइम्स’ को प्रतीकात्मकतालाई फलदायी बनाउने विश्वास लिएको छ ।

यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले भने किङगफिसरलाई नेपाली बजारमा ल्याउनु वियर बजारका लागि महत्वपूर्ण भएको बताएका छन ।

नेपाल भरिका सम्पूर्ण विक्री कक्षमा किङगफिसर प्रिमियम तथा स्ट्रङग उपलब्ध रहेको छ । किङगफिसर प्रिमियम ६ सय ५० एमएल को बोटलमा उपलब्ध रहेको छ भने यसको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ ।

त्यसै गरी ५ सय एमएल को क्यानको मूल्य २ सय १० रुपैयाँ रहेको छ । किङगफिसर स्ट्रङ ६ सय ५० एमएल बोटलको मूल्य २ सय ३५ तथा क्यानको मूल्य १ सय ८० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL