Logo

सिजीको हिमालयन व्रुअरीले ल्यायो प्रिमियम बियर “हिमालयन”, ३३० र ६५० एमएल बोतलमा उपलब्ध हुने

सिजीको हिमालयन व्रुअरीले ल्यायो प्रिमियम बियर “हिमालयन”, ३३० र ६५० एमएल बोतलमा उपलब्ध हुने



काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । लोकप्रिय “होलि चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो ।

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ ।

“फर द वन हु डेयरस्” नारामा लन्च भएको सो बियरमा ६% अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ । कम्पनीले भनेको छ, “अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन । हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने हामी विस्वस्त छौ ।”

हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध हुनेछन । यस बियर को ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ । लामो र गौरवमय इतिहास बोकेको हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाण्डौ र कमाण्डो जस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL