Logo

कालिकोट र दैलेखमा पुग्यो इन्भेष्टमेन्ट बैंक, शाखा संख्या ६३ पुग्यो

कालिकोट र दैलेखमा पुग्यो इन्भेष्टमेन्ट बैंक, शाखा संख्या ६३ पुग्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले कालिकोट र दैलेखमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कालिकोटमा ६२औं र दैलेखको डाबमा ६३औं शाखा विस्तार गरेको हो ।

दुबैं स्थानमा यस अघि एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । यससँगै ६ नम्बर प्रदेशमा बैंकको शाखा संख्या ४ पुगेको छ । यस अघि सुर्खेत र जुम्ला शाखा स्थापना गरेको थियो ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई मध्यनजर गर्दै प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ ।
हाल बैंकले ६३ वटा शाखा सहित ९७ एटिएम काउण्टरमार्फत ८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सयभन्दा बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजीक्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६३ करोड रहेको सो बैंकको निक्षेप १ खर्ब ३१ अर्ब रुपैयाँ संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकले ५ पटकसम्म लण्डनबाट प्रकाशित हुने ‘दि बैंकर’ को फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको ‘बैंक अफ दि इयर’ उपाधि प्राप्त गरेको छ भने इक्रा नेपालबाट ५ बर्षदेखि ए वर्गको रेटिङ हासिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL