Logo

इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स गाभ्ने, १००ः३० को स्वाप रेसियो

इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स गाभ्ने, १००ः३० को स्वाप रेसियो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने भएको छ । सो सम्बन्धमा अन्तिम सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकको ५३४ औं सञ्चालक समितिको बैठकले मर्जर समितिको प्रतिवेदनका आधारमा प्राप्ति गर्ने निर्णय गरेको हो।

बैंकको बुधबार बसेको बैठकले संयुक्त मर्जर समितिबाट प्राप्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो । इन्भेष्टमेन्ट बैंकले सिटी फाइनान्सलाई १००ः३० अनुपातमा गाभ्न लागेको हो ।

यसर्थ, सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का छ ।

\यस फाइनान्सको गत पुस २८ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो । फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्यांकनपछि प्राप्ति गर्ने अन्तिम सम्झौता भएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL