Logo

१ लाख घुस लिँदालिँदै पक्राउ

१ लाख घुस लिँदालिँदै पक्राउ


बिजखबर संवाददाता
108
Shares

भक्तपुर । जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु १ लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL