Logo

सुरुङ प्रविधि भित्र्याउन अर्थमन्त्री जापान प्रस्थान, उच्चस्तरिय भेटघाट पनि हुने

सुरुङ प्रविधि भित्र्याउन अर्थमन्त्री जापान प्रस्थान, उच्चस्तरिय भेटघाट पनि हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतसडक विकासमा जापानी सुरुङ प्रविधि अध्ययनका लागि जापान गएका छन् । जापानको सुरुङ प्रविधिलाई नेपालमा भित्र्याउनका लागि अध्ययन भ्रमणका लागि शनिबार गएका हुन् ।

अर्थमन्त्री महत जाइकाको निमन्त्रणामा अध्ययन गर्न गएका हुन् ।

जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेल निर्माण हुन लागेकाले उक्त प्रविधिको प्रभावकारिता अध्ययनका लागि जापान भ्रमणमा गएका हुन् । उक्त टनेल सडकलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अगाडि बढाइरहेको छ । पहाडी मुलुक भएकोले नेपालका अन्य भागमा पनि यस्तो प्रविधि उपयोगी हुने भएकोले यो भ्रमणलाई उच्च महत्वका साथ लिइएको छ ।
जापान रहँदा महतले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमण टोलीमा अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ, सीडीई नविनकुमार पोखरेल, अनन्तप्रसाद पौडेल र शिवप्रसाद नेपाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL