Logo

जाइकाको डोल्मा फण्डमा थप १ अर्व ३० करोड लगानी, उर्जादेखि स्वास्थ्य र प्रविधि प्रवर्द्धनमा सहयोग

जाइकाको डोल्मा फण्डमा थप १ अर्व ३० करोड लगानी, उर्जादेखि स्वास्थ्य र प्रविधि प्रवर्द्धनमा सहयोग



काठमाडौं । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फण्ड म्यानेजमेन्ट (डिएफएम) द्वारा प्रवद्धित स्वपूंजी लगानी (प्राइवेट इक्वीटि) कोप डोल्मा इम्प्याक्ट फण्डमा १० लाख डलर (१ अर्ब ३० करोड रुपैयाँ) लगानी गर्ने भएको छ । जाइकाले उक्त लगानी प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्र द्वारा प्रवर्द्धीत स्वास्थ्य सेवा, सूचना डिजिटल प्रविधि तथा नविकरणीय उर्जामा काम गर्ने कम्पनीहरुमा लगानीको लागि प्रयोग गरिनेछ ।
जाइकाले उक्त लगानी नेदरल्याण्डसको उद्यमशिलता विकास बैक, बेलायत सरकारको विकास बैंक, स्वीडेन सरकारको विकास वित्तीय संस्था, अमेरिकी सरकारको विकास वित्तीय नियोग र विश्व बैंकको आइएफएफ सँगै सहवित्तीयकरणमा लगानी गरेको हो ।

laxmi

उक्त सम्झौता सँगै डोल्मा इम्प्याक्ट फण्डको कूल कोष अमेरिकी डलर ७१.९६ मिलियन पुगेको छ । २०१५ को भूकम्पका कारण केही समय अस्थायी रुपमा आर्थिक मन्दी भोगेका अर्थतन्त्रको पुनरुत्थान भइसकेकोले नेपाल अल्पविकसित देशको श्रेणीबाट विकासोन्मुख देशमा स्तरोन्नती हुने चुनौती नेपाल समक्ष छ । नेपालमा उद्योगहरु र रोजगारीका अवसरहरुको अभावका कारणले आप्रवासी कामदारहरुको बढोत्तरी हुनगएको छ, यसैले गर्दा नेपालमा उद्योगहरुलाई आशाजनक जनशक्तीको अभाव पनि भइरहेको छ ।

तसर्थ नेपालमा स्वास्थ्य सेवा, सूचना डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरुमा थप लगानी अपरिहार्य छ । प्राकृतिक रुपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको छ । नेपालको जलविद्युतउ त्पादनको अनुमानित क्षमता ४२००० मेगावाट रहेकाले नेपालले दक्षिण एशियामा नै हरित गृह ग्यास उत्सर्जन घटाउन विशेष योगदान दिने विश्वास गरिएको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नविकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ । डोल्मा इम्प्याक्ट फण्डले नेपालमा नविकरणीय उर्जा परियोजनाहरु, सूचना र डिजिटल प्रविधि कम्पनीहरु र स्वास्थ्य सेवाका कम्पनीहरुमा लगानी गर्नुका साथै प्राविधिक सहयोग समेत उपलब्ध गराउदै आएको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टको व्यवस्थापनले नेपालको पूँजीबजार, प्राइवेट इक्वीटी क्षेत्रको विकास एवं प्रबर्द्धनमा समेत अग्रणी भूमिका खेलेको छ । यसका अतिरिक्त डोल्मा फण्डले च्यालेन्ज फाईनान्सीङ फर वुमेन मार्फत लैंगिक समानताका लागि महिला प्रबर्द्धित कम्पनीहरुमा समेत प्राथमिकताका साथ लगानी गर्नेछ । यस किसिमका लगानीले दिगो विकास लक्ष्य विशेष गरी लैंगिक समानता सस्तो र स्वच्छ उर्जा र मर्यादित काम र आर्थिक वृद्धि हासिल गर्न समेत उल्लेख्य सहयोग हुनेछ । जाइकाले हालसम्म विभिन्न प्राविधिक तथा वित्तिय परियोजनाहरु मार्फत नेपालको औद्योगिक विकास, नविकरणीय उर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको छ ।

जाइकाले नेपालमा विद्यमान परियोजनाहरु र डोल्मा फण्डका लगानीहरु बीच तालमेल सिर्जना गरी थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । जाइकाले नेपालको निजी क्षेत्रमा यो पहिलो लगानी हो। डोल्मा फण्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फण्डमा गरी कुल १०८.५ मिलियन अमेरिकी डलरको पूँजी परिचालन गर्ने छ हाल सम्म ४ नविकरणीय उर्जा, ३ स्वास्थ्य सेवा, ६ सुचना प्रविधि डिजिटल सेवा सम्बन्धी कम्पनीहरुमा लगानी प्रतिवद्धता गरीसकेको छ । यसबाट ९४५२ व्यक्तिलाई प्रत्यक्ष रोजगारी तथा हरेक वर्ष ३६९,९९६ टन हरित गृह ग्यास उत्सर्जन कम गर्न मद्दत पुगेको छ । डोल्मा इम्प्याक्ट फण्ड निरन्तर रूपमा सम्भावनायुक्त कम्पनीहरु सँग सहकार्य गर्न सदा उत्प्रेरित रहदै आएको ।

प्रतिक्रिया दिनुहोस्
MBL