Logo

अर्थमन्त्री भन्छन्, ऋण र सामानभन्दा अनुदान र नगद आवश्यक, जस्तो सुकै सहयोग गर्न जापान तयार

अर्थमन्त्री भन्छन्, ऋण र सामानभन्दा अनुदान र नगद आवश्यक, जस्तो सुकै सहयोग गर्न जापान तयार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ जेठ, काठमाडौं । जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष अकिहिको तानाकाले पुनर्निर्माणका लागि सहयोग जुटाउन सहायता सम्मेलनले ठूलो सहयोग गर्ने बताए । पुनर्निमाणका लागि ठूलो सहायता जुटाउनुपर्ने भएकोले सहायता सम्मेलनको एमदमै ठूलो महत्व रहेको छ,’ आज अर्थमन्त्रालयमा अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा उनले भने, ‘जापान नेपालसँग लामो मित्रवत सम्वन्ध राख्न चाहन्छ ।’ साथै, शिक्षा, स्वाथ्य लगायतका पूर्वाधार निर्माणमा जापान सहयोग गर्न र काम गर्न इच्छुक रहेको बताए । नेपालको आवश्यकता अनुसार जापानले सहयोग गर्ने समेत अध्यक्ष तानाकाले जानकारी दिए ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु¥याएपनि सरकार तिनलाई छिटै पुनर्निर्माण गर्ने र अझ राम्रो तथा व्यवस्थित पुनर्निर्माण गर्ने स्पष्ट पारे । क्षति ठूलो भएको जानकारी दिदै जीडीपी नै घट्ने उनको भनाइ थियो । साथै, पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेको बताए । कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने र यसका लागि ठूलो खर्च लाग्नेछ । साथै, मित्रराष्ट्रहरुबाट ऋण र सामानभन्दा अनुदान र नगदमा सहायता खोजेको जानकारी गराए ।

ramsharan-jica-president-akihiko-tanaka

नेपालको भूकम्पको क्षतिप्रति सहानुभूति राखी सदासयताका साथ सहयोग गरिरहेकोमा जापान सरकारलाई धन्यवाद दिए । हालै अजरवैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको बैठकका अवसरमा जापानका उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आसोसँग भएको भेट र उनले नेपाललाई सहयोग गर्न सहायता सम्मेलनको संयोजन गरिदिने आश्वासन दिएको अर्थमन्त्री डा महतले स्मरण गराएका थिए ।

उनले आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिताको अपेक्षा गरिएको बताए । ‘हामीलाई जुलाई ८ भित्र बजेट प्रस्तुत गरिसक्नुपर्छ,’ उनले भने, ‘सहायता सम्मेलनमा दाता मुलुक तथा संस्थाहरुबाट सहयोगको मोटामोटी घोषणा भएमा पुनर्निर्माणलाई सहयोग पुग्नेछ ।’

भेटघाटका अवसरमा अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि जापानी राजदूत मासासी ओगावा तथा जाइकाका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL