Logo

खड्काको धम्कीमा सेजनको खेद, ‘लेखनको अधिकार कुन्ठित भयो’

खड्काको धम्कीमा सेजनको खेद, ‘लेखनको अधिकार कुन्ठित भयो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नेपाल आर्थिक पत्रकार समाज (सेजन)का सदस्य एवम् नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई ‘करियर’ सिध्याइदिने धम्की दिएको विषयमा सेजनको गम्भीर ध्यानाकर्षण भएको छ ।

सेजनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यप्रति खेद प्रकट गरेको छ ।

‘सरकारको जिम्मेवार निकायमा रहेका अधिकारीद्धारा यसरी पत्रकारलाई धम्क्याउनु खेदजनक छ’ विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकारको स्वतन्त्रतापूर्वक समाचार संकलन तथा लेखनको अधिकार कुण्ठित हुने गरी भएको घटनाको सेजन भत्र्सना गर्दछ ।’

साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार तथा सम्वद्ध निकायलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL