Logo

ग्यासको भ्याट हटाउन अर्थ र बाणिज्यलाई समितिको निर्देशन, भ्याट हटाउन नसकिने अर्थमन्त्रीको भनाइ

ग्यासको भ्याट हटाउन अर्थ र बाणिज्यलाई समितिको निर्देशन, भ्याट हटाउन नसकिने अर्थमन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ माघ, काठमाडौं । ग्यासमा लाग्दै आएको भ्याट हटाउन अर्थ र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक आपसमा छलफल गरेर आउन निर्देशन दिएको छ । व्यवस्थापिका संदसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैैठकले सो निर्देशन दिएको हो ।

जनताको दैनिक उपभोग्य बस्तु ग्यासमा सरकारले अनावश्यक कर लगाएको भन्दै समितिले भ्याट हटाउन निर्देशन दिएको हो । उक्त विषय दुवै मन्त्रालयसँग सम्बन्धित रहेकाले संयुक्त रुपमा छलफल गर्न निर्देशन दिएको हो ।

समितिमा बोल्ने सभासद्हरुले ग्यासमा लाग्दै आएको भ्याट हाटाउनु पर्ने माग राखेका थिए । ग्रामीण स्तरका जनतासम्मा ग्यासलाई सहज रुपमा उपलब्ध गराउनु पर्ने भन्दै ग्यासमा लाग्दै आएको भ्याट हटाउनु पर्ने उनीहरुको माग थियो ।

तर, अर्थमन्त्री डा. रामशरण महतले ग्यासमा भ्याट छुट दिन नसकिने बताएका छन् । ‘सरकार चलाउन राजस्व आवश्य हुने भएकोले आयातित बस्तुमा छुट दिन सकिँदैन,’ उनले भने । आयातीत बस्तुमा नै भ्याट लगाइने जानकारी दिँदै विश्वका सम्पूर्ण मुलुकले पेट्रोलियम पदार्थमा भ्याट तथा कर लगाएको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL