काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । असोज १२ गतेपछि आज पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको बताएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।