Logo

सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि

सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै २ हजार ६ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्