काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी पर्ने सम्भवाना कायमै छ ।
आज दिउँसो र राति पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मधेश र कोसी प्रदेशमा राति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज (आइतबार) दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।
मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई(स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।