Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्दै २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २६ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला २७ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्