Logo

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु



काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो ।

प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्।

जिल्लाभर उद्धार कार्य जारी छ । बाढी पहिरोले सूर्योदय नगरपालिका –१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका –१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा १ जना, देउमाई –५ धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा १ जना र इलाम नगरपालिकाको घोसगाउँमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ । कतिपय स्थानमा प्रहरी पुग्न सकेको छैन । पहिरोले सडक अवरुद्ध भएपछि प्रहरी घटनास्थलमा पुग्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्