काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।