काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।