Logo

सिभिल अस्पतालमा थप तीनको मृत्यु, मंगलबार मात्र पाँच प्रदर्शनकारीको ज्यान गयो

सिभिल अस्पतालमा थप तीनको मृत्यु, मंगलबार मात्र पाँच प्रदर्शनकारीको ज्यान गयो



काठमाडौं । राजधानीमा जारी जेनजी प्रदर्शनका क्रममा मंगलबार सिभिल अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ।

अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि ल्याइएका मध्ये तीन जनाको मृत्यु भएको हो। उनका अनुसार दुई जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको छ।

यस्तै, आजै कालीमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै मंगलबार मात्र पाँच जनाको ज्यान गएको छ।

सोमबार मात्रै १९ प्रदर्शनकारीले ज्यान गुमाएका थिए। हालसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्